१६ चैत्र २०८०, शुक्रबार

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ – अमेरिकी विदेशमन्त्री ब्लिंकेन

usa Antony Blinken

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताउनु भएको छ । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षा जस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको उहाँले बताउनु भएको हो ।

बीबीसीलाई दिनु भएको आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्तामा ब्लिंकेनले कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनु भएको बताइएको छ । सो अन्तर्वार्ताको क्रममा कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गर्नु भएको समाचारमा जनाइएको छ ।

अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेन आउनु भएपछि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कैयौ निर्णयलाई उल्टाइएको छ ।