१२ बैशाख २०८१, बुधबार

फेरि एकपटक चरित्र हत्या गर्ने प्रयत्न भयो– वामदेव

bamdev gautam
फाइल फोटो

नेकपा उपाध्यक्ष वामदेव गौमतले आफ्नो चरित्र हत्या गर्ने प्रयत्न भएको जनाउनुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो चरित्र हत्या गर्ने प्रयन्त भएको बताउनुभएको हो ।

उहाँले समाजिक सञ्जाल मार्फत आपत्ति जनाउँदै भनेका छन् ‘मेरो चरित्र हत्या गर्ने दुष्ट प्रयत्न फेरि एकपटक सतहमा आएको छ ।’ केही सञ्चार माध्यमले केपी ओली नेतृत्वको वर्तमान सरकारमा गृहमन्त्री बनेर वामदेव जाँदैछन् भन्ने गलत, भ्रामक र दुराशययुक्त समाचार आएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो ।।

साथै यस्ता भ्रामक समाचारमा विश्वास नगर्न उहाँले अनुरोध पनि गर्नु भएको छ । संसद् विघटनपछि नेकपा दुई धारमा विभाजित भएको छ । तर उहाँ भने तटस्थ रहनुभएको छ ।