१३ बैशाख २०८१, बिहीबार

इराकमा प्रदर्शनको क्रममा चल्यो गोली, १३ जना घाइते

iraq protests u8xG7ooDPl

इराकको राजधानी बग्दादमा सरकारविरोधी प्रदर्शनकारी र सुरक्षाफौजबीच आइतवार राति र सोमवार बिहान झडप हुँदा सुरक्षाकर्मीहरूले अश्रूग्यास र गोली प्रहार गरेका छन् । त्यसक्रममा १३ जना प्रदर्शनकारी घाइते भएका छन् ।

अधिकारीहरूले शहरको मध्यभाग पुग्ने महत्त्वपूर्ण सडक र गल्ली बन्द गरेका छन् ।
बग्दादमा इरानी कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले हत्या गरेपछि सरकारविरोधी प्रदर्शनहरू मत्थर भएका थिए तर गत सातादेखि ती फेरि चर्किन थालेका छन् ।

शहरको सिनाक पुल र तायारान स्क्वेयरमा अश्रूग्यास र गोली हानिएको थियो । त्यस ठाउँमा हालैका दिनमा हिंसा भइरहेको स्वास्थ्य तथा सुरक्षा अधिकारीहरूले बताएका छन् ।
अश्रूग्यासका कारण शहरमा धूँवा फैलिएपछि टुकटुकमा राखेर घाइतेहरूलाई अस्पताल लगिएको थियो ।

एक सुरक्षा अधिकारीले कम्तीमा नौजनालाई पक्राउ गरिएको बताए । मूल बाटो र चोकहरूमा बाधा अवरोध गर्ने प्रदर्शनकारीहरूलाई पक्राउ गर्न सुरक्षाकर्मीहरूलाई राष्ट्रिय सुरक्षा परिषद्ले अनुमति दिएको छ ।

इराकका लागि संयुक्त राष्ट्रसंघका दूतल् इराकका राजनीतिक सम्भ्रान्तहरूलाई सुधारका लागि पहल गर्न र विरोधकर्ताहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेका छन् ।

लगभग चार महिनादेखि चलिरहेको विरोध प्रदर्शनमा सुरक्षाबलको गोलीका कारण कम्तीमा ५०० जनाले ज्यान गुमाइसकेका छन् । एजेन्सी