८ बैशाख २०८१, शनिबार

लोकतन्त्रको विकास र सुदृढीकरण लामो र निरन्तरको प्रक्रिया : सभामुख

agni sapkota

सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रक्रिया भएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका सङ्घर्ष र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संवद्र्धन गर्ने दायित्व बहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ ।”

सन्देशमा उहाँले राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७ का अवसरमा एक शुभकामना सन्देश दिनुहुँदै उहाँले लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्नुभएको छ ।

लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको सभामुखले सन्देशमा स्पष्ट गर्नुभएको छ ।

सभामुखको सन्देशमा भनिएको छ, “लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान शहीदप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।” उहाँले लामो र कठिन सङ्घर्षका क्रममा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिएका योद्धाको योगदानकोे स्मरण गर्नुभएको छ । लोकतन्त्र सैद्धान्तिक अवधारणा मात्र होइन यो हाम्रो सोचाइ, पद्धति, जीवन व्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि भएको सभामुखको भनाइ छ ।