१२ बैशाख २०८१, बुधबार

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

Georgia prime minister

जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

उहाँले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिनुभएको हो ।

संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उहाँले राजीनामा दिन लाग्नुभएको जनाइएको छ ।

मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन् ।
विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद पद मंगलबार निलम्बन गरेको छ ।

    सम्बन्धित समाचार...