१२ बैशाख २०८१, बुधबार

सबै भन्दा महँगा मोडल माग्ने बुढा : एउटा म्युजिक भिडियोको ५ लाख

magne

नेपाली फिल्मका कलाकारले गीतमा मोडलिङ गर्न थालेपछि गीतको छायांकन असाध्यै महँगो पर्न थालेको छ। हामीले एक लाख रुपैया फिल्मका कलाकारले पारिश्रमिक लिदै आएको कुरा बेला बेलामा सुन्दै आएका छौँ तर एकै जनाले ५ लाख पारिश्रमिक लिएको हल्लाले अहिले फिल्म बजार चर्किएको छ।

मेरी बास्सै हास्य सिरियलमा माग्ने बुढाका नामले चर्चित हास्य कलाकार केदार घिमिरेले एक गीतमा नाचेको ५ लाख पारिश्रमिक लिएका छन् ।

अहिले निकै चर्चामा रहेको ‘इस’ बोलको गीतमा अभिनय गरेवापत उनले ५ लाख पारिश्रमिक लिएको बताएका छन् । उनले निर्माणपक्षले गीतको भिडियोमा आफुले मागेजति पारिश्रमिक दिएको बताएका हुन् ।

अहिलेसम्मकै म्युजिक भिडियोमा अभिनय गरेर पारिश्रमिक लिने कलाकारमा माग्ने बुढा परेका छन् । पल शाह, पूजा शर्मा, आकाश श्रेष्ठ, वर्षा राउत, वर्षा सिवाकोटी लगायतका कलाकार सर्वाधिक महंगो पारिश्रमिक लिन्छन् । तर, एक म्यूजिक भिडियोमा काम गरे वापत एक लाख हाराहारी पारिश्रमिक लिदै आएका छन् ।

केदारले अभिनय गरेको गीतमा सम्राट चौलागाँइको शब्द तथा संगीत रहेको यो गीतमा सम्राट र रचना रिमालको स्वर छ । गीतको भिडियोमा पल शाह, गीता ढुंगाना, केदार प्रसाद घिमिरे, दिपाश्री निरौला, निर्मल शर्मा, सन्देश लामिछाने, सुमन गिरी लगायतको अभिनय देख्न सकिन्छ ।
यो गीत केहि दिन अगाडी हिन्दी गीतमा रेकर्ड हुने हल्ला बाहिर आएको थियो ।

मेराेफिल्म