८ बैशाख २०८१, शनिबार

भागरथी हत्या अभियुक्त आज सार्वजनिक गर्दै प्रहरी

bhagirathi

गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी त्यसपछि कहिल्यै घर फर्किनन् । बुधबार घरबाट विद्यालय गएकी भागरथी घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार साँझ ५ बजेतिर भट्टको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।

उनको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको थियो । मृत भेटिएकी भागरथीको शरीरभरि निलडाम र घाउ रहेका थिए भने कपडा पनि च्यातिएको अवस्थामा थियो ।

निर्मला बलात्कार प्रकरण नसुल्झिरहेको अवस्थामा प्रहरीमाथी भागरथी हत्या प्रकरणले निकै दवाब परेको थियो ।

घटनाको संवेदनशीलताको ख्याल गर्दै कुनै किसिमको त्रुटी हुन नदिन अनुसन्धानमा शुरुदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) परिचालित थियो । यसका साथसाथै प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी स्वयम पनि अनुसन्धानमा लागी परेका थिए ।

बलात्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भट्टलाई अभियुक्तका रुपमा आज सार्वजनिक गर्दैछ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयला प्रवक्ता मुकेशकुमार सिंहले बताए अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानमा उक्त छात्रले अभियोग स्वीकार गरेका छन । पक्राउ परेका भट्टले बदला लिन भागरथीको बलात्कार पछि हत्या गरेको प्रहरीलाई बताएका छन ।

अभियोग स्वीकार गरेका उनि सनातन धर्म माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययनरत रहेका छन भने भागरथी कक्षा १२ मा अध्ययनरत थिइन् ।

हत्यारा पक्राउ नपरेसम्म भन्दै आफन्तले शव बुझ्न मनेका छैनन् । उनको शवलाई जिल्ला अस्पताल बैतडीमा राखिएको छ। दाहसंस्कार गरिए अपराधी उम्किन्छन् भन्ने आशंकाले परिवार र आफन्तले शव बुझ्न नमानेका हुन ।