१६ चैत्र २०८०, शुक्रबार

अभिनेत्री निधी अग्रवालका फ्यानहरुले उनको नाममा मन्दिर बनाए

pic

बलिउड र दक्षिण भारतीय फिल्ममा धेरै यस्ता अभिनेता तथा अभिनेत्री छन्, जसको फ्यान फलोइङ कुनै ठूलो स्टारको भन्दा कम छैन । यी स्टारहरुलाई उनका फ्यानहरुले फरक फरक किसिमले सम्झने गर्दछन् ।

दक्षिण भारतीय फिल्मकी अभिनेत्री निधि अग्रवाललाई उनका फ्यानले फरक किसिमले सम्झिएका छन् । प्रेम दिवसको अवसर पारेर चेन्नाईमा रहेका उनका फ्यानहरुले उनको नामको मन्दिर बनाइदिएका छन् ।

Nidhhi Agerwal

हालका दिनमा सामाजिक सञ्जालमा निधिको मूर्तिको तस्वीरहरु भाइरल भइरहेका छन् । तस्वीरहरुमा अभिनेत्रीका फ्यान उनको मूर्तिलाई दुधले नुहाइरहेका छन् । उनको पुजा गरिरहेका छन् ।

निधिले आफ्नो नाममा फ्यानले मन्दिर र मूर्ति बनाइदिएकोमा खुशी व्यक्त गरेकी छन् । ‘म यो उद्योगमा नयाँ हुँ । मैले तमिलमा केवल दुई फिल्म मात्र गरेकी छु । त्यो भन्दा बढी तेलुगूमा छ । म यो समयमा दुवै भाषाका केही फिल्मको सुटिङ गरिरहेकी छु । फ्यानले गरेको तस्वीर सामाजिक सञ्जालमा आएपछि म चकित भएकी छु’, उनले भनेकी छन् ।

अभिनेत्री निधि भन्दा अघि एमजीआर, खुशबू सुन्दर, हंसिका मोटवानी र नयनतारासहित कैयौं कलाकारको मन्दिर बनिसकेको छ । निधिले सन् २०१७ मा बलिउड फिल्म ‘मुन्ना माइकल’मा अभिनयमा पाइला चालेकी थिइन् ।

New Project 23