१५ चैत्र २०८०, बिहीबार

देशभर थप १०५ मा कोरोना सङ्क्रमण पुष्टि

corona virus graph

देशभर पछिल्लो २४ घण्टामा थप १०५ मा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ३६० को स्वास्थ्य परीक्षण गर्दा ४० महिला र ६५ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । मृत्यु हुनेको सङ्ख्या भने शून्य छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ९५४ पुगेको छ । थप ९९ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ । हाल देशभर एक हजार ५८७ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ७४ जना क्वारेन्टिनमा छन् । त्यसैगरी ९७६ होमआइसोलेसनमा, ६३ आइसियुमा र १३ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । हालसम्म नेपालमा २१ लाख २३ हजार ९५१ को पिसिआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट दुई हजार ५५ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।