१६ चैत्र २०८०, शुक्रबार

पाँचथरमा तेक्वान्डो प्रशिक्षण शुरु: विद्यार्थीलाई खेलकूद सामाग्री प्रदान

taekwondo nepal

दुर्गम क्षेत्रका युवायुवतीलाई खेलकूदप्रति आकर्षण बढाउनका लागि पाँचथरमा आजदेखि तेक्वाण्डोको प्रशिक्षण शुरु गरिएको छ ।

तेक्वाण्डोका नयाँ खेलाडी उत्पादन गर्न विद्यालयस्तरदेखि खेलकूद क्षेत्रको विकास गर्ने उद्देश्यले प्रशिक्षण दिन लागिएको आइटीएफका केन्द्रीय उपाध्यक्ष एवं प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले बताउनुभयो । उहाँले युवालाई यस खेलको व्यावहारिक तथा सैद्धान्तिक ज्ञान बढाउन प्रशिक्षण दिन शुरु गरिएको जानकारी दिनुभयो । तेक्वाण्डोका सेकेण्ड डन नितेश खवासले प्रशिक्षण दिनु हुनेछ ।

यसैगरी सोही जिल्लाको याङ्वरक गाउँपालिका–३ ओयाममा रहेको गुप्तेश्वर माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई तेक्वाण्डोका खेलकूद सामग्री आज हस्तान्तरण गरिएको छ ।

खेलकूद सामग्री आइटीएपका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष कार्की, प्रदेशका सचिव नवीन तामाङ, पाँचथर खेलकूद विकास समितिका प्रमुख मात्रिका दाहाल लगायतको विद्यार्थीलाई प्रदान गर्नुभयो ।