१४ बैशाख २०८१, शुक्रबार

प्रदीपको ‘प्रकाश’ औपचारिक रुपमा घोषणा

movie prakash

काठमाडौमा आज एक कार्यक्रमकाबीच फिल्म ‘प्रकाश’को औपचारिक निर्माण घोषणा गरिएको छ । फागुनको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा अभिनेता प्रदीप खड्का र ,दिया मास्के र रेनु योगीको मुख्य भुमिका रहनेछ । अडिशनमार्फत छनोट भएकी धनगढीकी रेनु योगीले यसै फिल्मबाट डेब्यू गर्दैछिन् ।

कार्यक्रममा बोल्दै अभिनेता खड्काले फिल्मको कथा मन परेको कारण फिल्ममा काम गर्न राजि भएको बताए। यस फिल्ममा प्रदीप र रेनु,दिया मास्केसँगै अन्यकलाकारमा प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारहरुको अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मको कथा कथा विकास सुवेदीले लेखेका हुन् भने फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन्।

कार्यक्रममा बोल्दै दिनेशले फरक फिल्म निर्माण गर्न मन लागेको कारण प्रकाश रोजिएको बताए। उनले भने,‘लभ स्टोरी भन्दा फरक फिल्म निर्माण गर्न मन लाग्यो । लभ स्टोरी भन्दा पनि बाहिरको कथामा दिनेशले फिल्म निर्माण गर्छ भन्ने देखाउनका लागि पनि यो फिल्म निर्माणमा जुटे हुँ ।’

बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् । त्यस्तै फिल्मको छायांकनको जिम्मा राजेश श्रेष्ठले पाएका छन् भने जिवन थापाले सम्पादन गर्दैछन् ।

Prakash