४ कार्तिक २०७८, बिहीबार

द कपिल शर्मा शोमा पुनः कपिल र सुनि ग्रोवरको दोस्ती देखिने

Kapil Salman Sunil

भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ कमेडी जनरामा टेलिभिजनमा सर्वाधिक रुचाइएको शो हो । दर्शकलाई अत्यधिक हसाउने द कपिल शर्मा शो हाल बन्द छ । शोको अचानक प्रसारण बन्द हुँदा धेरैलाई खल्लो पनि महसुस भइरहेको छ ।

भारतीय सञ्चार माध्यमलाई विश्वास गर्ने हो भने द कपिल शर्मा शो नयाँ स्वाद र क्रिएटिभिटीसँगै जुलाईमा फिर्ता हुनेछ । नयाँ कार्यक्रमले दर्शकलाई अझै खुसी बनाउनेछ किनभने यहाँ कपिल शर्मा र सुनिल ग्रोवर पुनः एकपटक कमेडी गरिरहेको देखिनेछन् । यो शोमा अहिले कपिल शर्मा, सुमोना चक्रवर्ती, कृष्णा अभिषेक र किकु शारदालगायतका कलाकार छन् ।

द कपिल शर्माको नयाँ सिजनसँगै सुनिल ग्रोवर पनि कार्यक्रममा फिर्ता हुनेछन् । हुन त यसअघि पनि सुनिल कार्यक्रममा फिर्ता हुन लागेको खबर बारम्बार आइसकेको छ तर अहिलेसम्म यस्तो हुन सकेको थिएन । तर अब रिपोर्टलाई विश्वास गर्ने हो भने कपिल र सुनिलबीचको विवाद मिलाउने काम सलमान खानले गरेका छन् ।

रिपोर्ट अनुसार सलमान खानले कपिल शर्मा र सुनिल ग्रोवरबीचको विवाद मिलाइदिएका छन् । उनी सुनिलसँग एक विशेष सम्बन्ध सेयर गर्छन् र शोमा सुनिलको फिर्ती होस् भन्ने चाहन्छन् । यहाँ याद गर्नुपर्ने कुरा के छ भने द कपिल शर्मा शोका निर्माता सलमान खान नै हुन् ।

सुनिल शोमा फिर्ता हुन लागेको सङ्केत हालै सोसल मिडियामा पाइएको हो । कपिल शर्माका मेकअप आर्टिस्टले सुनिल ग्रोवरसँग सोसल मिडियामा फोटो सेयर गरेका थिए ।