६ बैशाख २०८१, बिहीबार

मिस एण्ड मिस्टर प्रतियोगिता चैतमा

unnamed 3
फाइल फोटो

लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन यहाँ ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता गरिने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । कार्यक्रमको शोभा बढाउन नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गायक विक्रम बरालको सहभागितासमेत रहने बताइएको छ । विराटनगरभरिको अडिसन यही फागुन ४ र ८ गते हुने छ । कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ देखि २५ वर्षसम्मका अविवाहित युवकयुवतीे सहभागिता हुने प्रबन्ध मिलाइएको छ ।