१३ बैशाख २०८१, बिहीबार

जलनको भ्यालेन्टाइन लक्षित गीत ‘फेब्ब्रुअरी १४’

Valentine song Rap

युवायुवतीको प्रेम भाव व्यक्त गर्ने पर्वका रुपमा भ्यालेनटाइन डेलाई पर्वका रुपमा लिन थालिएको छ। पश्चिमी सस्कृतिबाट आएको यो पर्व फेब्ब्रुअरी १४लाई लिने गरिन्छ ।

यसैको अवसर पारेर नेपाली कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक भइरहेका छन् । गायक तथा मिलन जलनले भ्यालेन्टाइन डे लक्षित गीत सार्वजनिक गरेका छन् । लन्डनमा बसोबास गर्दै आएका गायक जलनले ‘भ्यालेनटाइन गीत’ सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा उनैको शब्द,संगीत रहेको छ ।

गीतलाई निर्माताः मैडी (स्टानवेल स्टुडियो)ले लगानी गरेको छ भने भिडियोमा डान्सर तथा मोडल यानेथ मोरेनो (डिस्टिन्टोग)ले अभिनय गरेकी छन् । म्युजिक भिडियोलाई लण्डनमा नै खिचिएको छ । याम लिम्बुको निर्देशन गरेको भिडियोलाई सागर रानाले सम्पादन गरेका छन् । जलनको शब्द संगीतको गीत ‘जमना खराब र हल्का हल्का ’ बोलको एक समय चर्चामा आएको थियो । जुन गीत युवापुस्तामा लोकप्रिय बनेको थियो ।