१३ बैशाख २०८१, बिहीबार

जापानमा ७.३ रेक्टरको शक्तिशाली भूकम्पको धक्का

japan

जापानको फुकशिमा तटमा ७.३ रेक्टरको भूकम्प गएको छ।

स्थानीय समयअनुसार शनिबार राति ११ बजेर आठ मिनेटमा फुकुसिमामा ७.१ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको हो ।

फुकुसिमामा क्षति भएकोबारे विवरणहरु प्राप्त भइनसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

भूकम्पको केन्द्र प्रशान्त महासागरमा ५४ किलोमिटर भित्र थियो । भूकम्पको धक्का राजधानी टोकियोसहित दक्षिण पश्चिमी क्षेत्रका धेरै स्थानमा महसुस गरिएको थियो ।

6000

प्राप्त समाचार अनुसार कम्तिमा १२ जना घाइते भएका छन् । जापानको सरकारी टेलिभिजन च्यानल एनएचकेले फुकुसिमास्थित न्युक्लियर प्लान्टमा क्षति पुगे/नपुगेको भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

इपिसेन्टर फुकुसिमा तथा मियागी प्रान्त, कान्तो लगायत क्षेत्रहरुमा समेत ठूलो धक्का महसुस भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

सन् २०११ मा फुकुसिमामा गएको भूकम्पका कारण १८ हजारभन्दा धेरै जनाको ज्यान गएको थियो ।