१५ चैत्र २०८०, बिहीबार

टुथपेस्टको ट्युबमा भएका विभिन्न रंगिन धर्साहरुबाट के थाहा हुन्छ?

toothepate tube

बिहान दैनिक ब्रसमा मन्जन भर्दैगर्दा ट्युबको पुछारमा हुने धर्का हामीले देख्दै आएका छौ । ईन्टरनेटमा भएका धेरै वेबसाईटहरुले यस्त धर्काहरुले टुथपेस्टको कुनै गोप्य कुरा खुलाउने भनेर भनेका छन् ।

ती वेबसाईटहरुका अनुसार यस्ता रंगहरुले टुथपेस्टमा भएका अवयवहरू वास्तवमा के हुन्छ भनेर भन्छन् । तर विषेशज्ञहरुका अनुसार यी चिह्नहरूको तपाईंको टुथपेस्टमा भएका अवयवहरूसँग कुनै सरोकार हुँदैन।

कुन रंग को अर्थ के ?

हरियो चिह्नको अर्थ टुथपेस्ट केवल प्राकृतिक सामग्रीबाट बनेको हुन्छ । निलो चिह्नको अर्थ यसमा प्राकृतिक सामग्री र औषधिको मिश्रण हुन्छ ।

रातो चिह्नको अर्थ यसमा प्राकृतिक र रासायनिक सामग्री दुबै समावेश हुन्छ, र कालो चिह्नको अर्थ केवल रासायनिक मात्र समावेश गरी बनेको टुथपेस्ट हो ।

पोष्टहरूले रातो वा कालो चिह्न भएको टुथपेस्ट बिल्कुलनै प्रयोग नगर्नु भन्छन र मानिसहरूलाई यसको सट्टामा हरियो वा निलो चिन्हको साथ टुथपेस्ट छनौट गर्न प्रोत्साहित गर्दछ ।

सत्यता के हो हो ?

टुथपेस्टमा कलर कोडिंग गर्ने प्रणालीनै छैन । टुथपेस्ट बनाउने कम्पनिहरुले उपभोक्ता झुक्याउनेलाई टुथपेस्टको ट्युबमा कलर कोड गर्दैनन् ।

त्यसोभए टुथपेस्ट ट्यूबहरूमा रंगीन चिन्हहरु किन लगाइन्छ ?

ट्युथपेस्टको ट्यूब उत्पादनका क्रममा सेन्सरहरूले ट्युबको अन्त्य कहाँ छ भनेर पत्ता लगाउन र ट्युबलाई सही ठाँउमा काटेर सही ढंगले बन्द गर्न सकियोस् भनेर रंगीन चिन्हहरु लगाइन्छ ।

तपाइँको टूथपेस्टमा के छ भनेर कसरी थाहा पाउने ?

तपाइँको टूथपेस्टमा भएका अवयवहरू प्राय प्याकेजिंगमा मुद्रित हुन्छन् । प्याकेजिंगमा नभएमा ट्यूबमा नै अथवा ट्यूब भएको बाकसमा मुद्रित हुन्छन् ।

अमेरिकन डेंटल एसोसिएसनले जनाए अनुसार प्राय सबै टूथपेस्टमा समान अवयवहरू प्रयोग हुन्छन । एक सामान्य टूथपेस्टमा दाँत सफा गर्न घर्षण गराएर फोहोर निकाल्ने अवयव, स्वादका लागी चाहिने अवयव, टुथपेस्ट नरम गर्न हुमेक्टन्ट्स र फिंज निकाल्न डिटर्जेन्ट प्रयोग गरिएको हुन्छ ।

साथै अमेरिकन डेंटल एसोसिएसनले फ्लोराइड भएको टुथपेस्ट प्रयोग गर्न सिफारिस गर्दछ । फ्लोराइड भएको टुथपेस्ट प्रयोग गर्नाले दाँतको क्षिद्रहरु सुरक्षित हुन्छन भने यसले दाँत क्षय र ईनामेललाई खिइनबाट रोक्न मद्दत गर्दछ।