१६ चैत्र २०८०, शुक्रबार

धमाधम स्क्रिप्टमा मेहनत गर्दै राजेश हमाल

rajesh hamal

अभिनेता राजेश हमालले चार वर्षपछि फिल्म ‘सत्यम’ मार्फत फिल्ममा काम गर्न लागेका छन् । उनले फिल्ममा अनुबन्धित भएपछि सामाजिक संजालमा आफुले फिल्मको स्क्रिप्ट पढिरहेको भन्दै केहि तस्वीर शेयर गरेका छन् । उनले आफु फिल्ममा क मगर्न लागेको जानकारी दिदै अहिले स्क्रिप्ट पढिरहेको जानकारी गराएका छन्।

फिल्मलाई शंकर कार्कीले निर्देशन गर्न लागेका हुन भने रेशम सापकोटाले निर्माण गर्दैछन् । यस फिल्ममा उनले निकै मेहनत गरिरहेको पुष्टि भइरहेको छ । ४ वर्षपछि फिल्ममा अभिनय गर्न लागेका हमालले एउटा आरोपलाई भने चिर्दैछन् । उनले फिल्मको स्क्रिष्ट हेदैनन् र पैसा भएपछि एकै पटक स्पोर्टमा पुग्छन । तर, यसपटक हमाल स्क्रिप्टमा समय दिएर घोत्लि रहेका छन्।

फिल्ममा अभिनेता हमालसँगै पल शाह र अनुप विक्रम शाहीले काम गर्ने पक्का भएकाले पनि उनले मेहनत गरिरहेको धेरैले अनुमान गरेका छन् । उनका लागि यो फिल्म चुनौती पुर्ण पनि रहेको छ। फिल्ममा अभिनेत्री उपासना सिंह ठकुरीले काम गर्ने चर्चा छ। तर टुङ्गो लागेको छैन । फागुणको अन्तिम साताबाट छायांकन गर्ने निर्माणपक्षको तयारी छ ।