४ बैशाख २०८१, मंगलवार

सलमानको ‘टाइगर ३’मा इमरान भिलेन

tiger 3 cats

अभिनेता सलमान खान अभिनित लोकप्रिय फिल्म ‘टाइगर ३’मा इमरान हाशमी जोडिने सम्भावना बढेको छ। उनलाई निर्माण टिमले फिल्म ‘टाइगर३’मा अनुबन्धित गराउन लागेको समाचार बाहिरिएको हो । उनले यस फिल्ममा नेगेटिभ भुमिका निर्भाह गर्ने बुझिएको छ ।

सलमानलाई यहि फिल्मले टाइगरका रुपमा चिनाएको फिल्म भएकाले पनि दर्शक यसको संस्करणको प्रतिक्षामा रहेका छन् । फिल्मको छायांकन मार्चमा मुम्बईबाट सुरु हुने निर्माण पक्षले केहि साता अघि नै जानकारी दिइसकेको छ। फिल्ममा सलमान खान कटरीना कैफको मुख्य भुमिका रहेको छ। उनीहरु फेरि एकपटकसँगै काम गर्नेछन् ।

भारतीय मिडियाका अनुसार, ‘टाइगर ३’ आदित्य चोपडाले २ अर्ब १५ करोड भारतीय रूपैयाँ लगानी गर्नेछन् । पहिलो दोस्रो फिल्म जस्तै सुपर हिट बनाउनका लागि फिल्मको प्रिन्ट र पब्लिसिटीका लागि २० देखि २५ करोड भारतीय रूपैयाँ छुट्याइएको छ । यो फिल्मको पहिलो र दोस्रो पार्टले बक्सअफिसमा ब्लकबस्टर गरेको थियो । यसैको प्रभावमा निर्माताले तेस्रो पार्टको तयारी सुरु गरेका हुन् ।