७ बैशाख २०८१, शुक्रबार

कान्तिदेवी कुशवाहाको हत्यामा सम्लग्न सार्वजनिक

kushawaha

यही माघ २५ गते राति हत्या गरिएकी कान्तिदेवी कुशवाहाको हत्यारालाई बारा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका–१ कचहरिया टोलका ४२ वर्षीय लालबाबुप्रसाद कुशवाहा र धनेश्वरीदेवी कुशवाहा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

घटनास्थलबाट प्राप्त वस्तुको आधारमा प्रहरीले प्रहरी नायब उपरीक्षक मिश्रको नेतृत्वमा नौ सदस्यीय छनबिन समितिले ३२ जनामध्ये लालबाबु र धनेश्वरी पक्राउ परेका थिए प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।