१३ बैशाख २०८१, बिहीबार

सलमान खानमाथि लागेको मुद्धा खारेज

salman khan

बलिउड सुपरस्टार सलमान खानलाई लागेको मुद्धा खारेज भएको छ । उनलाई राजस्थानमा लागेको हतियार इजाजतपत्र सम्बन्धी मुद्धा खारेज गरिदिएको हो । सलमान खानले आफ्ना शुभचिन्तकलाई बिहीबार राजस्थान अदालतले आफुमाथि लागेको मुद्धा खारेज भएको जानकारी दिएका हुन् ।

उनलाई अदालतमा उनको विरुद्धको राजस्थान सरकारले मुदद्धा दायर गरेको थियो। खानलाई कालो हरिणको शिकार गर्दा प्रयोग गरेको हतियार इजाजत मिति सकिएको बताइएको थियो। उनले भने, ’यस केसमा त्यति धेरै शक्ति थिएन र आरोपहरू केवल उत्पीडनको उद्देश्यले गरिएको थियो।’ सलमान खानका वकिल एचएम सारस्वतले अदालतले राज्य सरकारले हालेको मुद्दा खारेज गरिदिएको जानकारी गराएको थियो ।