१२ बैशाख २०८१, बुधबार

जसपा नेता हवारी नेकपा प्रवेश

oli huwari

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जनता समाजवादी पार्टी (जसपा)का स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा प्रवेश गराउनु भएको हो ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढङगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिनुभएको थियो । वीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ता पनि पार्टी प्रवेशका क्रममा रहनुभएको जानकारी कार्यक्रममा दिइएको छ ।

यसअघि माघ २० गते जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा. शिवजी यादव जसपा परित्याग गरी नेकपामा प्रवेश गरेका थिए।

साविकमा नेकपा एमालेमा रहेका उनी २०६३ सालको मधेश आन्दोलनताका मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए।