१६ चैत्र २०८०, शुक्रबार

अमेरिकन टिकटक स्टार डेझरियाले गरिन् आत्महत्या

dazhariaa

अमेरिकन टिकटक स्टार डेझरिया क्विन्ट नोएसले आत्महत्या गरेकी छन् । टिकटकमा निकै चर्चित उनले सोमवार आत्महत्या गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१८ वर्षीया ति किशोरीले आत्महत्या गर्नुपूर्व एउटा भिडियो शेयर गरेकी थिइन्, जसलाई उनले अन्तिम पोष्ट भन्दै क्याप्सनमा लेखेकी थिइन् ‘ओके मलाई थाहा छ सबैलाई इरिटेड गरिराछु । यो मेरो अन्तिम पोष्ट हो ।’

डेली मेलले उल्लेख गरे अनुसार डेझरियाको मृत्युको खबर उनको परिवारका सदस्यले पुष्टि गरेका छन् । डेझरियाका बाबाले लेखेका छन् ‘मेरी छोरीले हामीलाई छाडेर गई सधैका लागि ।’

छोरीको निधनका कारण उनका अभिभावक मर्माहत भएका छन् ।

गोफण्डमि नामको पेजमा डेझरियाका बुवाल रहीम अल्लाले लेखेका छन्–‘८ फेब्रुअरीका दिन मेरी छोरी डेझरियाले हामीलाई छाडेर गइन् । उनी मेरी साथी थिइन् र म आफ्नी छोरीको अन्त्येष्टि गर्न कुनै पनि तरिकाले तयार थिइन । उनी निकै खुशी थिइन् । जब म घर आउँथे, उनी मलाई सडकमै देखेर खुशी हुन्छिन् । उनले आफ्नो तनाव तथा आत्महत्याको विचारका बारेमा मलाई बताउन भन्ने मेरो चाहना थियो । हामी यो विषयमा काम गर्न सक्ने थियौं । अब म घर आएको छु, मेरो प्रतिक्षा गर्ने कोही छैन । तिमीलाई माया गर्ने बुवा ।’

डेझरिया सामाजिक सञ्जालमा निकै नै लोकप्रिय थिइन् । टिकटकमा पनि उनको राम्रो फ्यान फलोइङ थियो ।

उनी इन्स्टाग्राम तथा यूट्युबमा पनि निकै सक्रिय थिइन् । डेझरियाले इन्टाग्राममा Bxbygirlldee बाट एकान्ट बनाएकी थिइन् ।

डेझरियाको निधनले उनका प्रशंसकहरु समेत शोकमा छन्। 

    सम्बन्धित समाचार...