८ बैशाख २०८१, शनिबार

शाही सवारीमा पुरै सडक बन्द नगर्न थाई राजाको आदेश

thai king

थाईल्याण्डका राजा महा वजिरलंगकर्णले शाही सवारी को लागि बैंककमा सडक अवरुद्ध गर्न बन्द गर्न आदेश दिएका छन ।

हालका महिनाहरूमा थाई जनाताले अनलाइन मा शाही सवारीले गर्दा हुने असुविधाहरु को बिरोध गरे पछी यो आदेश आएको मानिएको छ ।

थाई पुलिसले सडकको केही भाग मात्र सवारीका लागि रोक्छ, प्रवक्ता नरुमोन पिनोसिनवातले उनको फेसबुक पेजमा भनेकी छन ।

रोयटर्सका अनुसार, प्रवक्ताले नयाँ नियमबारेको भिडियो पनि आफ्नो फेसबुक पेजमा प्रसारण गरेकी छन्। सो भिडियोमा शाही सवारी हुँदा यात्रुले सवारीमाथिका पुलहरु प्रयोग गरेको देखाइएको छ।

राजकीय भ्रमण वा राजपरिवारका अन्य सदस्यको भ्रमणका बेला थाई जनताको आवागमनमा परेको प्रभावपप्रति राजा चिन्तित रहेको सो भिडियोमा बताइएको छ।
बैंकक संसारकै बढि भिडभाड भएको शहरमा पर्छ।

गतवर्ष थाइभाषाको ट्विटरमा ३रोयलमोटरकेड ह्यासट्याग टप ट्रेण्डिङमा रहेको थियो।

त्यसो त, थाइल्याण्डका राजा, रानी, उनका उत्तराधिकारलाई होँच्याउन नपाउने कडा कानुन रहेको छ। सो कानुनको उल्लंघन गर्नेलाई १५ वर्षसम्मको जेलसजायँ हुन्छ।

    सम्बन्धित समाचार...