८ बैशाख २०८१, शनिबार

नेकपामा लतिलपुरमा पुनःगठनको लहर

karyakrta bhela lalitpur

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ललितपुर जिल्ला र मातहतका कमिटीमा पुनःगठनको लहर चलेको छ ।

जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले आउँदो फागुन १० गतेभित्र सबै पालिकमा नगर र वडा कमिटी गठन गर्ने जानकारी दिनुभयो । जिल्ला कमिटीद्वारा आज आयोजित ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम’ मा व्यञ्जनकारले आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनमा विजय हासिल गर्न कमिटी पुनः गठन गरी तयारी रहन कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्रदेश कमिटीमा पनि नामावली सिफारिश गर्नेछौँ । जिल्ला किमिटीलाई केही दिनमा पूर्णता दिनेछाँै ।” नेकपाका जिल्ला इञ्चार्ज सुशीला नेपालले आफूहरु न्याय, सत्य र समतामूलक समाज निर्माणमा लागिपरेको औँँल्याउनुभयो ।

केन्द्रीय सदस्य मधुसुदन पौडेलले आउँदो निर्वाचनका लागि पार्टीमा रहेका पुराना सबै साथी खोजेर अघि बढ्नुपर्ने बताउनुभयो । निवर्तमान सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा नै जनताको भरोसा रहेको विचार व्यक्त गर्नुभयो ।

वाग्मती प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले मुलुकमा भएको गरिबी उन्मूलनका लागि प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले निर्वाचनमा विजय हासिल गर्नुपर्ने उहाँको बुझाइ थियो ।