१६ चैत्र २०८०, शुक्रबार

महानायिकाको उपाधि करिष्मालाई

Karishma Manandhar Rajesh Hamal

अभिनेत्री करिष्मा मानन्धर महानायिकाको उपाधिले सम्मानित गरिएको छ। कठमडौमा एक कार्यक्रमकाबीच अभिनेत्री करिष्मालाई महानायिकाको उपाधिलेसम्मान गरिएको हो । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा अभिनेत्री मानन्धरलाई महानायिकाको उपाधिका साथ सम्मान गरेको हो ।

समारोहमा आरके इन्टरटेनमेन्टले अभिनेत्री करिष्मा मानन्धरलाई महानायिका लेखिएको स्यास र क्राउन अभिनेता राजेश हमालको हातबाट लगाइदिएको हो । उक्त समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई समेत राष्ट्रिय सम्मान प्रदान गर्यो । महानायिको सम्मान प्राप्त गरेपछि अभिनेत्री करिष्माले आफुले सम्मान पाएकोमा खुसी भएको र थप जिम्मेबार बढेको बताईन् ।

करिष्मालाई उपाधिसँगै आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाइन ग्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका विजेतालाई पनि अवार्ड वितरण भएको थियो ।

सिङगिङ आइडलका विजेत ाबनेकी मोनिका तामाङ तथा फस्ट रनरअप सुमिरन हुमागाइलाई सम्मान गरिएको थियो । त्यस्तै सेकेन्ड रनर्सअप बनेकी मिनिसा तामाङलाई अवार्ड प्रदान गरिएको थियो । सिंगिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार...