१३ बैशाख २०८१, बिहीबार

इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा भ्रष्टाचारको आरोप अस्वीकार

Benjamin Netanyahu scaled

भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गर्नुभएको छ ।

जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उहाँले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गर्नुभएको हो ।

इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित हुनुभएको समाचारमा जनाइएको छ ।

अदालतबाट निस्कनेक्रममा उहाँले पत्रकारहरुसँग भन्नुभयो, “मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेश गरेको छु ।”

उहाँलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । शुरुमा उहाँलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उहाँले अहिले मात्रै पेश गर्नुभएको हो ।

प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरुमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।

उहाँलाई लगाइएको आरोपहरु सत्य सावित भएमा उहाँ १० वर्षभन्दा बढी कारागारमा बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ ।

    सम्बन्धित समाचार...