१४ बैशाख २०८१, शुक्रबार

पोर्न भिडियो बनाएको आरोपमा भारतीय अभिनेत्री पक्राउ

gehana vasisth

अश्लिल भिडियो बनाएको आरोप भारतीय अभिनेत्री गहना वशिष्ठ पक्राउ परेकी छिन् । ३२ वर्षे अभिनेत्रीलाई पोर्न भिडियो बनाएर वेबसाइटमा अपलोड गरेको आरोप छ ।

पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन् । उनी पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको बलिउड मिडियाले समाचार बनाएका छन् ।

मुम्बइ प्रहरीले उनलाई १० फेब्रुअरीसम्म हिरासतमा राख्न आदेश दिएको छ । मुम्बइ प्रहरीका अनुसार गहनाले ८७ वटा पोर्न भिडियो बनाएको आरोप लगाएको छ । उनले अपलोड गरेको भिडियोलाई हेर्न २ हजार भारु तिरेर सब्सक्राइब गर्नुपर्ने बनाइएको थियो ।

समाचारका अनुसार अभिनेत्रीको अलवा पुलिसले यो मावलामा अन्य मोडल, साइट अभिनेत्री र केही प्रोडक्सन हाउसको पनि निगरानी गरिरहेको छ । उनीहरुलाई पनि एडल्ट फिल्म मोवाइल एप तथा वेबसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ ।

उनका सहयोगीले वक्तव्य जारी गर्दै गहनालाई फसाइएको आरोप लगाएका छन् । साथै वक्तव्यमा गहना कुनै पोर्न र्‍याकेटमा संलग्न नभएको समेत दाबी गरिएको छ । प्रहरीका अनुसार गहनाले अन्य अभिनेत्रीलाई लोभ देखाएर पोर्न भिडियो छायांकन गरेको आरोप छ ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् । उनले स्टार प्लसको ‘बहने’ मा पनि काम गरिसकेकी छन् । यसको अलवा उनले साउथको कयौ फिल्ममा पनि काम गरेकी छन् ।

gahana in