१४ बैशाख २०८१, शुक्रबार

चलचित्र ‘A’ को लागि अडीसन कल

A casting call final 1

विलभ्ड इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा बन्न लागेको नयाँ चलचित्र ‘A’ को लागि कलाकारको खोजी गरिएको छ ।

यो चलचित्रका लागि चार जना चरित्र अभिनेता र दुई जना चरित्र अभिनेत्री गरी जम्मा ६ जना कलाकारको अडिसन हुने बताइएको छ । भोमन कटुवाल र आकाश उखेडाको लेखन रहेको यस चलचित्रमा प्रल्हाद काफ्लेको लगानी रहको छ ।

निर्माण पक्षले अडिसनबाट चार जना पुरुष तथा दुई महिला कलाकार छनोट गर्नेछ । उनीहरु बाहेक अहिले छनोट भई सकेका कलाकारहरु प्रमोद अग्रहरी, सोहित मानन्धर, दुर्गेश थापा, राम बाबु रेग्मी, सि.एम भारद्वाज र बिकेश प्रजापति रहेका छन्।

अडिसन काठमाडौंमा फागुन २ गते हुनेछ । यसको अडिसन भने चलचित्र विकास कम्पनी लि. बनस्थलीमा हुने निर्माण टिमले जानकारी दिएको छ ।

A casting call final