१२ बैशाख २०८१, बुधबार

महरा प्रकरण: अदालतले स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बयानका लागि झिकाउन आदेश

krishna bahadur mahara

काठमाडौं जिल्ला अदालतले महरा प्रकरणमा आरोप लगाउने महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरलाई बयानका लागि झिकाउन आदेश आएको छ । त्यस्तै सम्वन्धित घटनामा कागज गर्नेहरुलाई बकपत्रको लागि बोलाइएको अदालतका श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।

शाहीले महरामाथि बलात्कारको अभियोग लगाएपछि उनको स्वास्थ्य परीक्षण भएको खुलेको छ । यसबारे धेरै तथ्य गोप्य राखिएको थियो । अदालतको आदेशपछि धेरै तथ्यहरु बाहिर आउन थालेको छ ।

महरामाथि गत असोज १२ गते संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा अदालतले कात्तिक १८ गते थुनामा पठाउन आदेश दिएको थियो। 

जिल्ला अदालत काठमाडौंले थुनामा राख्न दिएको आदेश गत पुस ३ गते उच्च अदालत पाटनले सदर गरेको थियो। जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध महरा उच्च अदालत पाटनमा महराले निवेदन दिएका थिए।

महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।