१३ बैशाख २०८१, बिहीबार

चलचित्र संघको अध्यक्षमा मधुसुधन प्रधान

Madhu Sudhan Pradhan and Team

नेपाली फिल्मक्षेत्रकै जेठो सस्थाको रुपमा परिचित हल सँचालक तथा बितरकहरुको सस्था नेपाल चलचित्र सँघको ४६ औ साधारण सभाबाट मधुसुदन प्रधानको नया नेतृत्व आएको छ ।

राजधानिमा सुक्रबार सम्पन्न साधारण सभाबाट अध्यक्षमा प्रधानसहित १३ सदस्य निर्बिरोध चयन भएका हुन । सदस्यहरुमा अशोक शर्मा ,अर्जुन श्रेष्ठ ,गोपालकाजि कायस्थ, भास्कर ढुगाँना, गोबिन्द शाहि ,कपिलप्रसाद द्वा ,बिक्रम पराजुलि ,देबेन्द्र खड्गी, कुबेर शर्मा, निरज कार्कि ,कैलाश कटुवाल ,त्रिरन्त मानन्धर र निरज गुप्ता रहेका छन  ।

त्यसैगरी सँघको पुर्वाञ्चल सभापतिमा चैतन्य बराल मध्यसुदुर पश्चिम सभापतिमा डा सिँ गुरुङ पश्चिमाञ्चलमा सभापतिमा ओम जैशी र उपत्यका सभापतिमा मदनमान बज्राचार्य चयन भएका छन । अघिल्लो समितिमा प्रदिपकुमार उदयको नेतृत्व रहेको थियो र सोहि नेतृत्वमा रहेको प्रथम उपाध्यक्ष बिरेन्द्र नारायण् श्रेष्ठ र प्रधानको चर्चा रहेपनि कार्यक्रममा उपस्थित पुर्व अध्यक्षहरुको पहलमा दुबै जनाले तिन बर्षको कार्यकालमा डेड-डेड बर्ष सम्हाल्ने गरी सहमति गरिएको हो ।

उदघाटन समारोहमा सुचना सँचार तथा प्रबिधि मन्त्रि गोकुल बास्कोटाको प्रमुख आतिथिको रुपमा उपस्थित रहेको थियो । त्यसैगरी  शहरी तथा राज्यमन्त्री रामबिर मानन्दर काडमाडौ महानगरपालिकाको मेयर बिधासुन्दर शाक्य लगायत नेपाली फिल्मसँग सम्बन्धित बिभिन्न सँघ सस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो । भने उपस्थित सम्पुर्णले यस सँघले सम्पुर्णलाइ मिलाएर अगाडि बढेमा फिल्मक्षेत्रको बिकास हुने कुरा बताएका थिए