१३ बैशाख २०८१, बिहीबार

नागरिक समाजद्वारा विरोध

nagarik samaj birodh 2 1536x864 1

प्रतिनिधिसभा विघटनको नागरिक समाजले विरोध जनाएको छ । बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटनको विरोधमा लैनचौरदेखि शीतल निवाससम्म प्रदर्शन गरेको हो ।

कार्यक्रममा राजनीतिक विश्लेषक श्याम श्रेष्ठले सरकारले गरेको संसद् विघटनलाई अदालतले सदर गरेको खण्डमा आगामी दिनमा बन्ने कुनै पनि संसद्को आयु पाँच वर्षको नहुने बताउनुभयो ।

राजनीतिक विश्लेषक कृष्ण खनालले संविधानको रक्षाका लागि नागरिक समाज सडकमा आउनुपरेको बताउनुभयो । सो अवसरमा प्रतिनिधिसभा विघटन तथा संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

    सम्बन्धित समाचार...