६ बैशाख २०८१, बिहीबार

लमजुङमा कोभिड विरुद्धको खोप लगाएका मध्ये १७ मा समस्या

1611825170nepal corona vaccine
फाइल फोटो

कोभिडविरुद्धको खोप लगाएका १७ जनामा समस्या देखिएको छ । जिल्लामा खोप लगाएका एक हजार २६८ मध्ये १७ जनामा समस्या देखिएको कोभिड सम्पर्क व्यक्ति यम बरालले बताउनुभयो ।

उहाँका अनुसार समस्या आएका मध्ये मध्य नेपाल नगरपालिकाका एक स्वास्थ्यकर्मी महिला र मस्र्याङ्दी गाउँपालिकाका एक स्वयमसेवीकालाई भने अस्पताल भर्ना गर्नुपरेको थियो ।

स्वयमसेवीकालाई जिल्ला अस्पतालमा दुई दिनसम्म भर्ना गरेर राखिएको थियो भने स्वास्थ्यकर्मी महिलालाई चार घण्टापछि अस्पतालबाट डिस्चार्ज गरिएको कोभिड सम्पर्क व्यक्ति बरालले जानकारी दिनुभयो । उहाँहरुलाई ज्वरो आउने तथा टाउको दुख्ने भएको थियो । त्यस्तै अन्य १५ जनालाई सामान्य ज्वरो, रिङगटा लाग्ने लगायतको लक्षण देखिएको थियो ।