११ बैशाख २०८१, मंगलवार

उपसभामुख तुम्बाहाङ्फेको अडान कायमै, भनिन् – म राजीनामा दिन्न

Shibamaya Tumbahanfe

सत्तारूढ नेकपाले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएपनि उनले राजीनामा नदिने बताएकी छिन् । 

उनले कुन दलले के निर्णय गर्‍यो त्यो आफूलाई थाहा नभएको पनि बताइन् ।

आइतवार बस्ने प्रतिनिधिसभाको बैठक संविधानअनुसार आफूले पाएको अधिकार प्रयोग गर्दै अगाडि बढ्ने बताइन् । ‘कुन दलले के निर्णय गर्यो त्यो सबै मलाई थाहा छैन,’ उनले भनिन्,‘संविधानअनुसार पाएको अधिकार प्रयोग गर्दै म अगाडि बढ्नेछु, म राजीनामा दिन्न ।’ राजधानी दैनिकमा खबर छ ।