१६ चैत्र २०८०, शुक्रबार

ओलि पक्षको जनसभाको लागी आज काठमाडौंका १६ स्थानबाट जुलुस निस्किने, तीन लाख सहभागी गराईने

KP Oli 1
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नारायणहिटी दरबार अघिको सडकबाट सम्बोधन गर्दै हुनुहुन्छ । नारायणहिटी दरबार अघिको सडकबाट सम्बोधन गर्ने भएपछी नागरिकलाई सास्ती भएको छ ।

ओलि समुहका एक नेता महेश बस्नेतका अनुसार सभामा दुई देखि तीन लाख मानिस सहभागी हुनेछन । सभाको लागी दरबारको मुख्य सडकमा मुख्यसभाका दर्शकहरु बस्छन् भने केशरमहलदेखि जयनेपाल हलसम्म पनि बस्ने व्यवस्था गरिइएको छ ।

सम्बोधनको कारण दिनभर दरबार मार्ग क्षेत्र भएर दिनै भर सार्वजनिक तथा निजी सवारी साधन गुड्न पाउने छैनन् । बिहानैदेखि नारायणहिटी सडकमा सवारी आगमनमा रोक लगाइएको छ। त्यस्तै जय नेपाल हलक्षेत्र बाटनै सवारी साधनलाई कमलादी तर्फ फर्काइएको छ भने सभाको लागि बुधबार देखिनै दरबारमार्ग क्षेत्रका सडकमा रहेको डिभाइडर हटाइएका छन ।

यस्तै, यात्रुवाहक ठूला सार्वजनिक बसलाई चक्रपथभित्र चलाउन पनि दिइएको छैन । जनसभाका कारण हुने सवारी चापलाई मध्यनजर गर्दै यात्रुवाहक बसलाई चक्रपथभित्र प्रवेशमा समेत रोक लगाइएको छ । जयनेपाल हल, माइतीघर मण्डला, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक, कृष्ण पाउरोटी, पद्मोदयमोड लगायतका क्षेत्रबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यातायातलाई वैकल्पिक मार्गमा चलाउनु भनिएतापनी १६ ठाँउ बाट हुने भनिएको जुलुसले पनि आज राजधानी को सवारी व्यवस्था लथालिङ्ग बनाउने प्रवल सम्भावना रहेको छ ।