१२ बैशाख २०८१, बुधबार

लैङ्गिकमैत्री उपमहानगर बनाउन अभिमुखीकरण

dhangadhi

धनगढीलाई लैङ्गिकमैत्री उपमहानगरपालिका बनाउने उद्देश्यले यहाँका जनप्रतिनिधि र सरोकारवालाका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

उपमहानगरपालिकाद्वारा बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा उपप्रमुख सुशीला मिश्र भट्टले कार्यक्षेत्रमा हुने लैङ्गिक विभेद न्यूनीकरणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताउँदै लिङ्गकै आधारमा घर र समाजमा मात्रै नभएर कार्यक्षेत्रमा पनि विभेद हुने भएकाले यसको न्यूनीकरणका लागि सबै पक्षको सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो ।

उपमहानगरपालिकाले महिला सेवाग्राहीका लागि स्तनपानकक्ष र अपाङ्गता सेवाकक्ष निर्माण गरिएको जनाएको छ ।

    सम्बन्धित समाचार...