८ बैशाख २०८१, शनिबार

पदोन्नति भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिन्ह

H0A1857

प्रहरीको जनपद तथा प्राविधिकतर्फको विभिन्न पदमा पदोन्नति भएका ३१ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उहाँहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दज्र्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका १५, प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका एक र प्राविधिक प्रहरी नायब उपरीक्षक पदमा १५ गरी ३१ जना प्रहरी अधिकृत हुनुहुन्छ । नेपाल सरकार गृह सचिवस्तरको २०७७ माघ २१ गतेको निर्णयअनुसार उहाँहरु पदोन्नति हुनुभएको थियो ।

सोही निर्णयानुसार प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका एक अधिकृत भने हाल सुडान डार्फरस्थित एफपियु मिसनमा हुनुहुन्छ । उक्त समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी अधिकृतलाई बधाई दिँदै नयाँ जिम्मेवारीलाई थप सजगता र सतर्कताका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल सरकारद्वारा घोषित निर्वाचनप्रति संवेदनशील भई सुरक्षालाई थप मजबुत बनाउनतर्फ केन्द्रित हुन पनि प्रहरी अधिकृतलाई आग्रह गर्नुभयो ।

H0A1788 650x433 1

नागरिकसँगको सहकार्यमा प्रहरीले असल भावका साथ कार्य सम्पादन गर्नुपर्ने चर्चा गर्दै उहाँले आचरण एवं व्यवहारमा प्रहरी सदैव संवेदनशील हुनुपर्ने बताउनुभयो । सङ्गठनले अंगिकार गरेको नीति तथा प्रणालीप्रति सबै प्रहरी कर्मचारी पदीय दायित्वअनुसार ऐक्यबद्ध भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पदोन्नति भएका प्रहरी अधिकृतको तर्फबाट बोल्दै प्रहरी उपरीक्षक ऋषिराम कँडेलले सङ्गठनले लिएको उद्देश्य प्राप्तिका लागि सदैव ऐक्यबद्ध भई नयाँ ऊर्जाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।