८ बैशाख २०८१, शनिबार

रंगशाला झगडा प्रकरण : एन्फाले गर्‍यो ६ खेलाडीलाई कारबाही, जगजितलाई ५ खेल प्रतिबन्ध

Fight

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल लगत्तै भएको घटनालाई लिएर अखिल नेपाल फुटबलसंघले तीन दिन पछि बिहीबार  ६ खेलाडीलाई कारवाही गरेको छ ।

मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबबीच भएको खेलमा झगडामा उत्रिएका ६ खेलाडी कारबाहीमा परेका हुन। 

अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मनाङका मिडफिल्डर जगजित श्रेष्ठ र गोलकिपर अशोक बराललाई ५-५ खेलको प्रतिबन्ध गरेको छ। झगडा गरेपछि रातो कार्ड पाएका बरालले थप एक खेलको प्रतिबन्ध झेल्नु पर्नेछ। 

यस्तै मनाङका फरवार्ड रञ्जन विष्ट २ खेलको प्रतिबन्धमा परेका छन्। मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई भने २-२ खेलको प्रतिबन्ध लगाइएको छ। 

जगजित र अशोकलाई हजार रुपैयाँ जरिवाना पनि गरिएको छ। एन्फाको अनुशासन समितिले ६ जना खेलाडीलाई कारबाही गर्ने बिहीबार निर्णय गरेको हो। 

मनाङका किट्स व्यवस्थापक शिव लामालाई सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाइएको छ भने १० हजार रुपैयाँ जरिबाना गरिएको छ। 

प्रत्येक टोलीले बेन्चमा अनुशासन कायम गर्न असफल भएकोमा दुबै क्लबलाई पनि रु ५०,००० जरिवाना गरिएको छ ।

कारबाहीको विवरण 

जगजित श्रेष्ठ – मनाङ मर्स्याङ्दी क्लब  ५ खेल प्रतिबन्ध, १० हजार जरिबाना 

अशोक बराल – मनाङ मर्स्याङ्दी क्लब  ६ खेल प्रतिबन्ध -रातो कार्ड समेत, १० हजार जरिबाना 

दीपक रा‍ई – मच्छिन्द्र क्लब  ५ खेल प्रतिबन्ध

रञ्जन विष्ट – मनाङ मर्स्याङ्दी क्लब  २ खेल प्रतिबन्ध

देवेन्द्र तामाङ – मच्छिन्द्र क्लब  २ खेल प्रतिबन्ध

विजय धिमाल – मच्छिन्द्र – २ खेल प्रतिबन्ध

शिव लामा – मनाङका व्यवस्थापक – लिगका बाँकी खेलमा प्रतिबन्ध, १० हजार जरिबाना