१४ बैशाख २०८१, शुक्रबार

दाहाल-नेपाल समुहको भोली आमहडताल, यातायात बन्द तर परिक्षा सन्चालन हुने

narayan kaji shrestha
फाइल फोटो

आज भएको संवैधानिक निकायका पदाधिकारीहरुको शपथको विरोधमा प्रचण्ड–नेपाल समूहले भोलि आमहड्ताल घोषणा गरेको छ । त्यसैगरी आज देशव्यापी मसाल जुलुस प्रदर्शन सहितको कार्यक्रम पनि रहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतृ पम्फा भुसालले नयाँ बाध्यतात्मक परिस्थितिका कारण संघर्षका नयाँ कार्यक्रम घोषणा गर्नुपरेको बताउनुभयो ।

ncp ammhadtaal
ncp 1

आन्दोलनका कार्यक्रमबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा यातायात, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो । त्यसरीनै घोषित माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शन र सभा यथावत रहने तर माघ २२ गते काठमाडौंमा हुने भनिएको युवा र्‍याली माघ २८ पछि हुने जानकारी वक्तब्य मार्फत गराइएको छ ।