७ बैशाख २०८१, शुक्रबार

दाहाल– नेपाल समुहद्वारा आधिकारिकताको निवेदनपत्र दर्ता

dahal nepal election commission dabi scaled

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टी, पदाधिकारी र निर्णयको आधिकारिकताको दाबी पेश गरेको छ । उक्त समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाल सहितका नेता निर्वाचन आयोग जानुभई आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य भनी पार्टी आधाकारिताको दाबी गर्नुभएको हो ।

दलको पदाधिकारी तथा निर्णयको आधिकारिकता सम्बन्धी दाबी सहित राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अन्तर्गत विवाद निरुपण गरी पाउँ भनी उहाँहरुबाट आयोगमा निवेदनपत्र दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।