१६ चैत्र २०८०, शुक्रबार

फेरी सुनकाे भाउले राख्याे ऐतिहासिक रेकर्ड, अहिलेसम्मकै महँगाे

gold price nepal

सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ ।

बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।

मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटेको सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँ बढेको हो । यस्तै चाँदी पनि बुधबार तोलामा २० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनको भाउ लगातार बढेपछि कारोबार ठप्प जस्तै भएको भन्दै व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । लगनको समय आउँने बेलामा भाउ अकासिएपछि सुनको कारोबार ठप्प जस्तै भएको उनीहरुले बताएका छन् ।