७ बैशाख २०८१, शुक्रबार

२४ घण्टाभित्र विप्लव समूहका नेता बाँस्तोलालाई उपस्थित गराउन सर्वोच्चको आदेश

Supreme Court 43KnAVGEAY

सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता धमेन्द्र बाँस्तोलालाई २४ घण्टाभित्र बन्दी सहित उपस्थित गराउन आदेश जारी गरेको छ ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २४ घण्टाभित्र बन्दी सहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।

विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज रहनुभएका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो । गत पुस २९ गते बाँस्तोला सहित चार जनालाई ललितपुरको दक्षिणी भेगबाट प्रहरीले पक्राउ गरेको थियो । बाँस्तोलालाई नख्खुस्थित एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ ।