१६ चैत्र २०८०, शुक्रबार

वल्र्डलिङ्कले १४ शहरमा डेटा सेन्टर बनाउँदै

data center

निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेशनले देशका विभिन्न १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएको छ ।

कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरेर सात प्रदेशका विभिन्न १४ शहरमा डेटा सेन्टर स्थापनाको तयारी भएको जनाएको हो । डेटा सेन्टर निर्माणका लागि रु तीन अर्बको अनुमान गरिएको बल्र्डलिङ्कका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त डेटा सेन्टरमा ६ मेगावाटको बिजुली, ५०० भन्दा बढीको र्‍याक राखिनेछ भने दुई वर्ष देखि तीन वर् षभित्र सबै डेटा सेन्टर स्थापना गरिसक्ने योजना छ । सातै प्रदेशमा एक-एक सेन्टर स्थापना गर्ने लक्ष्य साथ काठमाडौँमा सबैभन्दा ठूलो र काठमाडौँको विकल्पको रुपमा भरतपुर रहनेछ ।

तीन मेगावाट, ३५० र्‍याक काठमाडौँमा राखिनेछ भने भरतपुरमा ५०० किलोवाट र एक सयवटा र्‍याक राखिनेछ । यसैगरी, पोखराको लेखनाथ, बुटबल, हेटौंडा, भक्तपुर, दुहवी, वीरगन्जमा २५० देखि ३५० र्‍याकका डेटा सेन्टर र ढल्केबार, अत्तेरिया, भैरहवा, कोलहपुर, सुर्खेत र काठमाडौँमा साना र्‍याक बन्नेछन् ।

कम्पनीले डेटा सेन्टरका लागि काठमाडौँ र चितवनमा जग्गा किनेर डेटा सेन्टर बनाउने काम सुरु भइसकेको जनाएको छ । सरकारले डिजिटल नेपालको अवधारण ल्याएको भन्दै उक्त योजनालाई सफल बनाउन डेटा सेन्टर स्थापना गर्न लागिएको अध्यक्ष अग्रवाल बताउनुहुन्छ ।

उहाँले प्रत्येक प्रदेशको डाटा प्रदेशमा नै राख्न डेटा सेन्टर बनाउन आवश्यक रहेको बताउनुभयो । स्थापनाको २५ वर्ष पूरा गरेको वल्र्डलिङ्कले हाल चार लाख आठ हजार घरधुरीमा इन्टरनेट पु¥याइसकेको जनाएको छ ।