१५ चैत्र २०८०, बिहीबार

‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा यी १७ खोप केन्द्रबाट दिइने

vaccine 1
सांकेतिक तस्विर

काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् ।

काठमाडौँमा रहेका खोप केन्द्र:

  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,
  • वीर अस्पताल,
  • शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,
  • काठमाडौँ मेडिकल कलेज जोरपाटी,
  • परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल,
  • शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र,
  • सशस्त्र प्रहरी बलम्बु अस्पताल,
  • शहीद गङ्गालाल अस्पताल
    लगायत छन् ।

ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् । यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् ।