८ बैशाख २०८१, शनिबार

बेच्न भारततर्फ लगिरहेको सात वर्षीया बालिकाको उद्धार

india nepal border
फाइल फोटो

ललाइ फकाई भारततर्फ लगिरहेका अवस्थामा सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ । सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइ फकाई भारततर्फ लगिरहेका अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम उप महानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन् ।