१६ चैत्र २०८०, शुक्रबार

नेकपा स्थायी कमिटीको बैठक आइतबार बस्ने

NCP nekapa

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको सचिवालयको बैठकले आइतबार दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलनको कार्यक्रम लगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिनुभयो ।

शुक्रबार राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । गत पुस ५ गते प्रतिनिधि सभाको विघटन पछि नेकपाले निरन्तर जनपरिचालन लगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।