७ बैशाख २०८१, शुक्रबार

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्रीद्वारा बालुवाटारमा छलफल

prime minister residence
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताउनुभएको छ ।

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो उहाँहरुलाई धोका नदिइने स्पष्ट पार्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उहाँहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भन्नुभयो, “पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग ग¥यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ ।

अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।”