६ बैशाख २०८१, बिहीबार

नख्खुमा पनि शुरु भयो क्यूआर कोड भुक्तानी प्रणाली

queaar

नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा नक्सालस्थित तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको राष्ट्र बैंकले ग्लोबल आइएमई बैंकसँग साझेदारी गरेको छ ।

सोही क्रममा केन्द्रीय बैंकले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको शुरुआत गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसल तथा तरकारी बजारमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको उद्घाटन गर्नुभयो ।

नगद रहित कारोवार प्रवद्र्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको हो । ग्लोबल आइएमई बैंकले क्यूआर मर्चेन्टलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक अनलाइन तालिमको शुरुआत गरेको जनाएको छ ।