१५ चैत्र २०८०, बिहीबार

चक्रपथ विस्तारका लागि सरकारले दियो जग्गा अधिग्रहण गर्न स्वीकृति

Ring Road

सरकारले कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तारका आवश्यक पर्ने निजी जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको छ।

चीन सरकारको सहयोगमा सञ्चालन हुने दोस्रो चरणको चक्रपथ विस्तार परियोजनाका लागि कलंकी महाराजगञ्ज धोवीखोला खण्डको सडक सीमा ३१/३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहण गर्न सरकारले स्वीकृति दिएको हो।

कलंकीदेखि महाराजगञ्जसम्मको चक्रपथ विस्तारका लागि निजी घर पनि भत्काउनुपर्ने भएको छ।

सडक विस्तारका लागि साइट क्लिरेन्स काममा सघाइरहेको काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको एक अध्ययनअनुसार काठमाडौंको महाराजगञ्ज क्षेत्रमा रहेका निजी घर भत्काउनुपर्ने देखिएको हो।

सडकको मध्यबिन्दुबाट ३१र३१ मिटर दायाँबायाँ हुनुपर्ने भएकाले दुवै भागका घर भत्काउनुपर्ने छ। यसका लागि सरकारले एक अर्ब ६८ अरोड क्षतिपूर्तिमै खर्च गर्नुपर्ने छ। यद्यपी क्षतिपूर्तिको दर निर्धारण भएपछि यसको ठोस आकार लिने छ।

चीनको सहयोगमा विस्तार हुने दोस्रो खण्डको काममा पहिले साइट क्लियर गर्नुपर्ने छ। साइट क्लियर गरेपछिमात्र काम सुरू गर्ने चिनियाँ पक्षले अडान लिएपछि सो काममा अहिले काठमाडौं उपत्यका विकास प्राधिकरण र सडक विभाग लागिपरेका छन्।

यसमा अहिले रूख काट्ने र त्यसपछि निजीघर तथा जग्गा परे अधिग्रहण वा भत्काउने काम सुरू हुने छ। महाराजगञ्जमा निजी घर परे पनि अन्यत्र भने सरकारी भवन भत्काउनुपर्ने सूचीमा परेका छन्।

विशेषगरी प्रहरी चौकी धेरै रहेको तिवारीले जानकारी दिए। साइट क्लियर भएपछि चिनियाँ पक्षको सहभागितामा डिजाइन स्वीकृत भएपछि विस्तारको काम सुरु हुने छ।

    सम्बन्धित समाचार...