१२ बैशाख २०८१, बुधबार

सांसद साहलाई पक्राउ पूर्जी जारी

avishek pratap shah 4pN5hsrODS

कांग्रेस सांसद अभिषेक प्रताप साहलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएसँगै साँसद साहलाई पक्राउ गर्न पुर्जी जारी भएको हो ।

कपिलवस्तु राप्रपाका युवा नेता श्याम मिश्रलाई पुस ५ गते कुटपिट गरेको आरोपमा साहमाथी जिल्ला प्रहरी कार्यालयमा कृष्णनगर कपिलवस्तुमा बिहीबार उजुरी परेको थियो । मुद्धा दर्तासँगै प्रहरीले अदालत समक्ष जानकारी गराएको र अदालतकै आदेशमा पक्राउ पूर्जी जारी गरिएको हो ।

कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले सांसद साहले ज्यान मार्ने उदेश्यले कुटपीट गरेको देखिएकाले प्रहरीले मुद्धा दर्ता गरेको वताए ।

सांसद साह पटकपटक विभिन्न काण्डमा मुछिएपनि उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको भने यो पहिलो पटक हो । साह नेपाली काँग्रेसका तर्फबाट सांसद रहेका छन् ।

    सम्बन्धित समाचार...