१४ बैशाख २०८१, शुक्रबार

लिभरपुलको अपराजित यात्रा कायमै, शेफिल्ड २–० ले पराजित

liverpool sheffield united 020120m

इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेर आफ्नो विजयी यात्रा कायमै राखेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले एक एक गोल गरेका थिए । सलाहले खेलको चौथो मिनेटमा नै गोल गरेका थिए भने मानेले खेलको ६४औ मिनेटमा गोल गरेका थिए । यो जितसंगै गत बर्षको जनवरी ३ मा म्यानचेस्टर सिटीसँग २(१ ले पराजित भएदेखि लिभरपुल प्रिमियर लिगमा एक बर्षदेखि अपराजित नै रहेको छ ।

यो जितपछि लिभरपुलको २० खेलमा ५८ अंक भएको छ । लिभरपुलले २० मध्ये १९ जित र एक बराबरी खेलेको छ । त्यस्तै शेफिल्डको भने २१ खेलमा २९ अंक छ र लिगमा आठौ स्थानमा रहेको छ ।

    सम्बन्धित समाचार...